नेपाली गीत अन्तर्राष्ट्रियकरण हुँदै

डिसी नेपाल
३ वैशाख २०८० ७:२९

अमेरिका।  सुनिता बस्नेत थापाको शब्द, सुनिल मास्केको संगीत, प्रदीप श्रेष्ठको एरेन्ज र सविना जोशी साहको स्वरमा “नरुनु प्रिय” नामक गीत हालै सार्नजनिक भएको छ।

साहित्यकार सुनिता बस्नेत थापा र “महसुस” नामक एकल एल्वब करिव १०/१२ बर्ष पहिले नै नेपाली संगीत क्षेत्रमा अर्पण गरिसकेकि मधुर स्वरकी धनी गायिका सविना जोशी प्रवाशमा रहेर पनि गीति कोसेली नेपाली सांगीतिक भण्डारमा भर्ने काम गरेका छन्।

नयाँ वर्ष २०८० को पावन अवसरमा संगीतकार एवं प्राज्ञ सुनिल मास्केको Gmajor नामक YouTube channel बाट सो गीत सार्वजनिक गरिएको हो।
यो गीत डालास टेक्ससको स्टुडियोमा अन्तर्राष्ट्रिय व्यक्तित्व Aaron Wolpin ले रेकर्ड गरेका थिए।

नेपाली गीत आफ्नो स्टुडियोमा रेकर्ड गर्न पाउँदा आफू अन्तर्राष्ट्रिय रुपमा सांगीतिक टिमसँग संलग्न हुन पाएकोमा गीतका रेकर्डिस्ट एरन वल्पिनले हर्ष ब्यक्त गरेका थिए। त्यसैले पनि यो गीत विशेष गीत बनेको छ।

भिडियो निर्देशक युवराज वाइवाको निर्देशनमा मोडलहरु उषा उप्रेती र विनोद न्यौपानेले अभिनय गरेका छन्।

संगीत गुरु मनराज नकर्मीसँगको संगीत अध्यय, साथै उनकै संगीतमा चर्चित गीतकार बुद्धवीर लामा, दुर्गालाल श्रेष्ठ, रत्न शमशेर थापा, हेमन्त विवश, केशवराज राजभण्डारी, उषा भट्ट जस्ता प्रतिस्ठित गीतकारहरुको शब्दलाई आफ्नो स्वर दिइसकेकी गायिका सविना जोशी साहको यो गीत गीतियात्राको पुनरागमन रहेको छ भने देवेन्द्र साहकोले व्यवस्पथापन गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *