अमेरिकी डलरको भाउ स्थिर, युरो उकालो
काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ४२ पैसाले उकालो लागेको छ। युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो। शुक्रबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ र बिक्रीमूल्य १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो।
आइतबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ। आज यसको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। शुक्रबार यसको कारोबार पनि सोहि मूल्यमा भएको थियो।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ।
आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ।
उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ एक पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment