तीन कम्पनीको ३९ लाख ४९ हजार २७१.२३ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

डिसी नेपाल
३ वैशाख २०८० ९:३१
1.3k
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको ३९ लाख ४९ हजार २७१.२३ कित्ता सेयर सूचिकृत भएको छ। सेयर सूचिकृत हुनेमा महालक्ष्मी विकास बैंक, युनियन लाइफ इन्स्योरेन्स र पोखरा फाइनान्स रहेका छन्।

महालक्ष्मी विकास बैंकको १६ लाख ४ हजार ३५३.३१ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। सोहि प्रस्तावित बोनस सेयर सूचिकृत भएको हो।

यस्तै, युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशतले हुन आउने १९ लाख २८ हजार ५५० कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ८.९७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

यस्तैगरि, पोखरा फाइनान्सको ४ प्रतिशतले हुन आउने ४ लाख १६ हजार ३६७.९२ कित्ता बोनस सेयर सुचिकृत भएको हो। बैंकले आर्थिक वर्ष २०७८/७९  को मुनाफाबाट ४  प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *