ऐतिहासिक तथा पर्यटकीय स्थान ‘मकवानपुर गढी’ {फोटो फिचर}

डिसी नेपाल
३ वैशाख २०८० १३:३५

काठमाडौं । ऐतिहासिक तथा पर्यटकीय स्थान हो मकवानपुर गढी मकवानपुर जिल्लामा अवस्थित छ । सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास बोकेको स्थान मकवानपुर गढी हो। सेन राजाहरूले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुर गढी वि.सं. १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ।

हेटौंडाबाट करीब १७ किलोमिटर उत्तर–पूर्वमा पर्छ। मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हुन् । उनलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले पराजित गरेका थिए । यहाँ घुम्न र अवलोकन गर्न आउनेको दैनिक सयौंको भिड लाग्ने गर्दछ । भनिन्छ, मकवानपुर गढी भित्रको कृष्ण मन्दिरमा भगवान कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको थियो । भक्तजनले एक बिहान भगवानको पाउभरी तोरीका फूल टाँसिएको देखे । पुजारी सशंकित भए । उनले चियोचर्चो गरे । भगवान् कृष्ण त्यहाँबाट राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा रहेछन् । त्यसैले भगवान् मन्दिर छाडेर जाँदा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखेका थिए भन्ने किंवदन्ती पनि छ। त्यसैले यहाँ अभैं पनि भगवान कृष्ण रहेको मान्यता स्वारुप यहाँ दर्शनका लागि भक्तजनहरको पनि भिड लाग्ने गर्दछ ।

तस्बिरमा हेर्नुहोस्:

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *