यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४१ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९७ पैसा निर्धारण गरेको छ।
अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८८ रुपैयाँ ०७ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९८ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७७ पैसा र विक्रीमा ९ रुपैयाँ ८१ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८४ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८४ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment