नबिल बैंकका सिइओ ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

डिसी नेपाल
४ वैशाख २०८० १०:५८
72
Shares

काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन्। ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन्।

बैंकिङ्ग क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए। त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए। राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए।

भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *