भूगोल इनर्जीको आईपीओ बाँडफाँट

डिसी नेपाल
४ वैशाख २०८० १४:०३
444
Shares

काठमाडौं। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ। गोलाप्रथामार्फत सर्वसाधारणले यसमा कुल १ लाख ३४ हजार ६९९ जना आवेदकले सेयर पाएका छन्। जसमध्ये ३ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्।

भूगोल इनर्जीको आईपीओमा कुल १२ लाख ५४ हजार ६ जना आवेदकले आवेदन दिएका थिए। जसमध्ये १ लाख ४ हजार ८५५ जनाको आवेदन भने रद्द भएको छ।

कम्पनीले १३ लाख ४६ हजार ९९३ आईपीओ बिक्री गरेको थियो। कम्पनीले चैत २३ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि उक्त आईपिओ बिक्री खुला गरेको थियो।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार लगानीकर्ताले वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन्। साथै, भूगोल इनर्जीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *