२३.६४ अंकले घट्यो नेप्से परिसूचक, ९२ करोडको कारोबार
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक २३.६४ अंकले घटेर १९०८.०४ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७८ अङ्कले घटेर ३६२.९६ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ३१ लाख ४४ हजार ५७३ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रिम स्थानमा छ। यसको आज ७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसुचक घटेर राताम्मे भएको छ। आजको आदर्श लघुवित्त र कलिञ्चोक दर्शनका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज ब्लु चिप फण्ड र एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment