आजदेखि उर्जा सम्मेलनः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने
काठमाडौं। आजदेखि काठमाडौंमा ऊर्जा सम्मेलन हुँदैछ। ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो। सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुँदैछन्। सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ।
सो सम्मेलनमा विद्युत् उत्पादकहरू, बिद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरुले सो सम्मेलनमा सहभागिता जनाउने छन्। मुख्यतः नेपालबाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी गरेका छन्।







डिसी नेपाल







Facebook Comment