सुनको मूल्य स्थिर, चाँदीको घट्यो
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदी प्रति तोला १ हजार ४ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment