कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
५ वैशाख २०८० १२:०४
656
Shares

काठमाडौँ। कुमारी बैंकको ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

यस सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। यस सेयरमा लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ खरिद आवेदन पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

सेयर खरिदका लागि लगानीकर्ताले वैशाख ११ गतेसम्म आवेदन दिनुपर्नेछ। बोलपत्र काठमाडौँको नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा पेस गर्नुपर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *