बीमा कम्पनीलाई पुँजी वृद्धि गर्न असारसम्म समय थप

डिसी नेपाल
५ वैशाख २०८० १४:२८
108
Shares

काठमाडौँ। नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीहरुका लागि समय थप गर्ने भएको छ। आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो।

प्राधिकरणका अनुसार तोकिएको न्यूनतम पुँजी नपुर्‍याउने कम्पनीहरुलाई अवसरको रुपमा ३ महिना समय थप गरिनेछ। न्यूनतम ५ अर्ब रुपैयाँ जीवन बिमा कम्पनीलाई र साढे दुई अर्ब अर्थात् २ अर्ब ५० करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीलाई पुँजी तोकिएको थियो। सो अनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्‍याइसकेका छन्।

प्राधिकरणले बिमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्‍याउने निर्देशन दिएको थियो। तर, उक्त अवधिसम्ममा केहि बीमा कम्पनीहरुले पुँजी पुर्‍याउने नसकेसँगै प्राधिकरणले यो अवसर प्रदान गरेको हो।

त्यस्तै प्राधिकरणले हकप्रद पनि जारी गर्न थालेको छ। बिमा प्राधिकरणका अनुसार मर्जरमा जाँदा पनि पुँजी पुर्याउने प्रयास गर्दा पनि बिमा कम्पनीहरुको पुँजी पुगेन भने अधिकतम ३३ प्रतिशत सम्म हकप्रद सेयर जारी गर्न दिने योजना रहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *