छालारोग विशेषज्ञ डा. प्रशन्न झा भारतको विश्वप्रसिद्ध जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनौट
काठमाडौं। नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्नकुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोज (आईडोज) को पेपर रिभ्युअरमा छनौट भएका छन्।
एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ। जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले पत्र लेख्दै उनलाई अनुरोध गरेका हुन्। नेपालबाट छनौट हुने उनी पहिलो डाक्टर हुन्।
डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस, भारतको वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पुरा गरेका छन्। उनका भारतका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भइसकेका छन्।
उनी इन्डियन सोसाईटी अफ एस्थेटिक मेडिसिन र ईन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्य समेत छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment