फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको खुद नाफा १९ करोड ४५ लाख रुपैयाँ

डिसी नेपाल
६ वैशाख २०८० ११:३३
84
Shares

काठमाडौँ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष  २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १७.१२ प्रतिशतले बढेको छ। गत वर्षको यहि अवधिमा १६ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको संस्थाले यस अवधिमा १९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ

संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसंगै खुद नाफा पनि बढेको देखिन्छ। संस्थाको खुद ब्याज आम्दानी ३.४२ प्रतिशतले बढेर ३१ करोड ७६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसैअवधिमा यसले ३० करोड ७१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालन नाफा २५ करोड ११ लाख रुपैयाँबाट बढेर २७ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

तेश्रो  त्रैमाससम्ममा संस्थाले ७ अर्ब ७८ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ९ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई १० अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

खुद नाफा बढे पनि संस्थाको प्रतिसेयर आम्दानी भने घटेको छ। चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९७ पैसाबाट घटेर २२ रुपैयाँ ६० पैसामा झरेको छ। संस्थाको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *