प्रेमिका टिनाबाट अलग्गिए हनी सिंह

डिसी नेपाल
६ वैशाख २०८० १३:२७
1.4k
Shares

मुम्बई। भारतका लोकप्रिय र्‍यापर हनी सिंह र उनको प्रेमिका टिना थडानीबीच ब्रेकअप भएको छ। टिना पेशाले अभिनेत्री तथा मोडल हुन्। उनले कैयौं प्रोजेक्टमा काम गरिसकेकी छन्। हनी र टिना एक वर्षयता प्रेममा थिए। हनी आफैंमा डिभोर्सी पुरुष हुन्। उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्धा अदालतमा चलिरहेको छ।

हनी र टिनाले इन्स्टाग्राममा अनफलो गरेका छन्। उनीहरुले एकअर्काको सामाजिक सञ्जालमा रहेका दुवैको तस्बिर हटाइसकेका छन्। हनी र टिनाले गत वर्षको अप्रिलबाट डेट शुरु गरेका थिए। उनीहरुलाई नजिकबाट जान्नेका अनुसार दुवैको जीवन निकै फरक छ। उनीहरु एकापसमा समझदारीमा नआइरहेको बेला दुवैले सहमतिमा अलग्गिने निर्णय लिएका हुन्। अलग्गिएपछि उनीहरु काममै व्यस्त छन्।

हालैको एक अन्तरवार्तामा हनीले ब्रेकअपको संकेत गरेका थिए। उनले नयाँ एलबमको बारे कुरा गर्दै यो संकेत गरेका थिए। ‘मैले मेरो रोमान्टिक एलबममा निकै परिवर्तन गर्नुपर्यो। किनकी म पहिला प्रेममा थिएँ, अहिले त्यो प्रेम मसँग रहेन’, हनीले भनेका थिए।

हनीले सन् २०११ मा शालिनीसँग विवाह गरेका थिए। तर उनीहरुले गत वर्ष अलग्गिने निर्णय लिए। हनीले क्षतिपूर्तिस्वरुप शालिनीलाई एक करोड रुपैयाँ पनि दिनुपर्यो। तलवारले हनीमाथि घरेलु हिंसा र अर्की महिलासँग शारीरिक सम्बन्धको आरोप लगाएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *