‘निष्ठुरी’मा मुकुन्द र दिपिकाको अन्स्क्रिन प्रेम (भिडियो)

डिसी नेपाल
६ वैशाख २०८० १४:४७
204
Shares

काठमाडौँ। मुकुन्द भट्ट, दिपिका थापा बिचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको सेण्टिमेण्टल भर्सनको ‘निष्ठुरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा शिव सेन्चुरीको समेत अभिनय रहेको छ। यस गीतमा गायक थानेश्वर गौतमको सुमधुर स्वरमा सुन्न सकिन्छ। गीतमा हाल स्पेनमा रहेका गीतकार एवम संगीतकार डेकेन्द्र श्रेष्ठको शब्द संगीत रहेको छ।

सरोज बिस्टले संगीत संयोजन गरेका हुन्। हरिश महराले छायाँकन गरेको यस गीतको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन्। सुदिप श्रेष्ठ सह-निर्देशक रहेको यस भिडियोलाई शिव सेन्चुरी सुनारको निर्देशनमा तयार पारिएको हो। भिडियो संगीतकार श्रेष्ठको युट्युव च्यानल ‘डेकेन्द्र प्रडक्शन’ मार्फत सावजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *