नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा ७.२८ प्रतिशतले बढ्यो, इपिएस कति ?
काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले ६९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५५.२२ प्रतिशत र ६७.३१ प्रतिशतले बढेको छ। बैंकले खुद ब्याज आम्दानी २ अर्ब ४४ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब २९ करोड रुपैयाँ गरेको थियो। सञ्चालन मुनाफा ९९ करोड २० लाख रुपैयाँबाट बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले ७९ करोड ६८ लाख रुपैयाँ बढी निक्षेप संकलन गरी २२ अर्ब ८ अर्ब बढी कर्जा परिचालन गरेको छ। बैंकको जगेडा कोष ४१.२९ प्रतिशतले बढेर १ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। गत वर्षको यहि अवधिमा बैंकको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ थियो।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ। गत वर्ष यही अवधिसम्म ४.२९ रुपैयाँ रहेको ईपीएस बढेर ७.१७ रुपैयाँ कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ रु. १०९.१९ र पीई अनुपात ३०.६३ गुणा कायम भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment