अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। बिहिबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले बिहिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको थियो।
यस्तै, युरोपियन युरोको भाउ खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ।
अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७३ पैसा र विक्रीमा ९ रुपैयाँ ७८ पैसा र चाइनिज युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ र बिक्री मूल्य ३५ रुपैयाँ १६ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment