एभरेष्ट बैंकको खुद नाफा ६२.६३ प्रतिशतले वृद्धि, प्रति सेयर आम्दानी कति ?
काठमाडौँ। एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ सार्वजनिक गरेको विवरण अनुसार बैंकले २ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ६२.६३ प्रतिशतले धेरै हो। गत वर्षको यहि अवधिमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालक मुनाफा क्रमश: ५९.३८ प्रतिशत र ६२.५९ प्रतिशतले बढेको छ। बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५८ करोड रुपैयाँ रहेको छ। गत वर्ष यहि अवधिमा बैंकले ३ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सञ्चालक मुनाफा २ अर्ब १६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ५२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ।
तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। हाल बैंकको चुक्तापुँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ। बैंकको रिजर्भको आकार भने २१.५५ प्रतिशतले बढेर ९ अर्ब ८६ करोड रुपैयाँको उचाइमा पुगेको छ।
बैंकको खुद नाफा बढेसंगै प्रति सेयर आम्दानी पनि बढेको छ। बैंकको प्रति सेयर आम्दानी ९ रुपैयाँ २९ पैसाले बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ। गत वर्ष यहि अवधिमा बैंकको प्रति सेयर आम्दानी २१ रुपैयाँ ४५ पैसा रहेको थियो। पीई रेसियो १६.५३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२५.८६ रुपैयाँ रहेको विवरणमा उल्लेख रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment