सुनको मूल्य घट्यो, चाँदी स्थिर

डिसी नेपाल
७ वैशाख २०८० १०:४५
6.9k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले घटेर  प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर बुधबार कायम रहेको मूल्य १ हजार ४ सय ३५ रुपैयाँमा नै कारोबार भइरहेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *