सेयर बजार राताम्मे, १५.७३ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
७ वैशाख २०८० १५:११
112
Shares

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७९ अङ्कले घटेर ३६३.१२ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ३२ लाख ०९ हजार २१४ कित्ता सेयर खरिद बिक्री हुँदा ९८ करोड ३३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआइसी एशिया बैंकको अग्रिम स्थानमा छ। यसको आज ५ करोड ७५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै कुमारी बैंकको प्रमोटर सेयर र एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसुचक घटेर राताम्मे भएको छ। आजको कलिञ्चोक दर्शन र मोलुंग हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड र आदर्श लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *