शुक्रबार घट्याे अमेरिकी डलरको भाउ, युरोकाे बढ्याे
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको भाउ शुक्रबार घटेको छ। बिहीबार ३० पैसाले वृद्धि भएको अमेरिकी डलर शुक्रबार १३ पैसाले घटेको छ। शुक्रबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १४ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७४ पैसा कायम गरिएको छ। यसअघि बिहीबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ८७ पैसा कायमम गरिएको थियो।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरो ४३ पैसाले बढेको छ। शुक्रबार युरो एकको खरिददर १४३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १३ पैसा कायम गरिएको थियो।
शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसाले बढेको हो। बिहीबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७९ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ५४ पैसामा कारोबार भएको थियो।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ३० पैसा र बिक्रीमा ८८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३६ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८० पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५ पैसा कायम गरिएको छ।
शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८७ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ।
उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२७ रुपैयाँ ९६ पैसा र बिक्रीमा ४२९ रुपैयाँ ९२ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ४४ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment