दोल्ती पावर कम्पनीको आइपीओ बाँडफाँट हुँदै
काठमाडौँ। दोल्ती पावर कम्पनीको आईपिओ आज बाँडफाँट हुँदैछ। कम्पनीको आफ्नै कार्यालयमा शुक्रबार दिउँसो ३ बजे बाँडफाँटको तयारी गरिएको छ। यस कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटका अनुसार यसको प्री–अलमेन्ट सम्पन्न भइसकेको छ। यस आईपीओमा गोलाप्रथाबाट आईपिओ बाँडफाँट हुनेछ। यस आईपिओमा मागभन्दा ११.६० गुणा बढी आवेदन परेको छ।
यस आईपिओमा १३ लाख ३९ हजार ४४० जनाले कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख २७ हजार १८६ जनाले मात्र सेयर हात पार्नेछन्। जसअनुसार बाँकी ११ लाख ४४ हजार ६७५ जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन्।
कम्पनीले जारी गरेको आईपीओमा प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो। यस मध्ये सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ६८ हजार १७ कित्ता छुट्याइएको थियो भने १ लाख ७ हजार २९८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ।
बाँकी १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो। यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आईपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ।







डिसी नेपाल







Facebook Comment