माबिलुङ इनर्जीले १८ लाख ९० हजार ५४० कित्ता आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

डिसी नेपाल
८ वैशाख २०८० ९:३१
248
Shares

काठमाडौँ। माबिलुङ इनर्जी लिमिटेडले १८ लाख ९० हजार ५४० कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुङ इनर्जीका तर्फबाट सञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेका छन्।

माबिलुङ इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादी नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलविद्युत आयोजना निर्माणाधीन ५० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *