गुडविल फाइनान्सको खुद नाफा ८६.६८ प्रतिशतले घट्यो
काठमाडौँ। गुडविल फाइनान्सले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले खुद नाफा १ करोड ९९ लाख रुपैयाँ कमाएको छ। यो नाफा गत वर्षको तुलनामा ८६.६८ प्रतिशतले कम हो। गत वर्षको यहि अवधिमा कम्पनीले १५ करोड नाफा कमाएको थियो।
इम्पेरिमेन्ट चार्ज बढेको र सञ्चालन नाफा घटेकोले एक वर्षको अवधिमा खुद नाफा प्रभावित भएको हो। गत वर्ष १२ करोड २४ लाख रुपैयाँ रहेको इम्पेरिमेन्ट चार्ज चालुवर्ष बढेर १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा पनि ८६.९५ प्रतिशतले घटेर २ करोड ७८ लाख रुपैयाँमा झरेको छ।
यता, कम्पनीको खुद ब्याज आम्दानी भने ५७.७३ प्रतिशतले बढेर ३१ करोड ५७ लाख रुपैयाँ भएको छ। गुडविलको प्रतिसेयर आम्दानी भने ११ रुपैयाँ ९१ पैसा र प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ८३ पैसा छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment