शान्तिश्रीसँगको स्वरमा अर्जुनले ल्याए ‘बम्मै जानी रेलैमा’
काठमाडाैं। युवा लोकगायक अर्जुन सापकोटाले नयाँ गीत ‘बम्मै जानी रेलैमा’ सार्वजनिक गरेका छन्। टिकटकमा एक किसिमको चर्चा पाएसंगै बिहीवार बेलुका यसको अफिसियल भिडियो युट्युबमा सार्वजनिक गरिएको हो।
यो लोकदोहोरी गीतमा गायक अर्जुन र गायिका शान्तिश्री परियारको स्वर छ। गीतले छोटो समयमा स्रोता/दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ। शुक्रवार दिउँसोसम्म भिडियोको भ्युज १ लाख १० हजार पुगिसकेको छ।
टिकटकमा पनि गीतले चर्चा पाउँदै गएको छ। ‘प्रतिक्रियाहरू पनि एकदमै राम्रो आएका छन्। एकदमै खुशी छौं’ गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका अर्जुनले भने।
यस गीतका शब्द गीतकार शिव हमालले कोरेका हुन् भने गायक अर्जुनकै संगीत रहेको गीतका एरेन्जर सुनिल परियार हुन्। काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोमा अर्जुनसँगै दिव्या न्यौपाने, बादल घिमिरे र क्रिष्टल सापकोटाको अभिनय छ।
निर्देशक श्रेष्ठले भिडियोलाई आकर्षक बनाएका छन्।
अजय रेग्मीको छायांकन रहेको भिडियोमा दिपक विष्टको सम्पादन छ। अर्जुनका ‘बनकी चरी’, ‘दुई दुना चार’, ‘पछयौरी लिसियो’, ‘ए ठूली’ लगायतका गीत चर्चित छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment