कोशी प्रदेशमा ६.८ मोगावाट सौर्य विद्युत राष्ट्रिय प्रसारणमा जोडियो

डिसी नेपाल
८ वैशाख २०८० १४:०६
148
Shares

काठमाडौं। कोशी प्रदेशमा पहिलो पटक निजी क्षेत्रको लगानीमा उत्पादित ६.८ मेगावाटको सैर्य विद्युत राष्ट्रिय प्रशासरण लाइनमा जोडिएको छ।

चैत १४ गतेदेखि औद्योगितक करिडोरसमेत रहेको बुढिगंगा गाउँपालिका मोरङमा जिआई सोलारद्वावार निर्माण गरिएको आयोजनाबाट उत्पादन हुने विद्युत १५ दिनको परीक्षणपछि चैत ३० गतेदेखि व्यापारिक उत्पादनमा परिणत भइसकेको आयोजनाले जनाएको छ।

आयोजनाबाट उत्पादित विद्युत तीन किलोमिटरको दूरमिा रहेको नेपाली विद्युत प्राधिकरणको बाँबबारी विराटनगर मल्टिफ्युल सवस्टेशनमा जोडिएको आयोजनाले जनाएको छ।

सवस्टेशनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन स्थानीयको सरक्षालाई ध्यानमा राखेर डबल सर्किट अन्डरग्राउन्ड गरी कम्पनी आफैंले निर्माण गरेको हो।

कृषिलाई असर नपर्ने गरी आधुनिक प्रविधिबाट निर्माण गरिएको आयोजनाले मनमोहन टेक्निकल युनिभर्सिटी, धरान प्राविधिक कलेजलगायतमा अध्ययनरत विद्यार्थीका लागि अध्ययन केन्द्र तथा प्रयोगशालामा समेत हुने बताइएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *