२३ वर्षपछि हद कर दी आपनेको रिमेक
मुम्बई। सन् २००० मा रिलिज सुपरहिट रोमान्टिक मेडी फिल्म ‘हद कर दी आपने’ले हालै २३ वर्ष पुरा गरेको छ। यो फिल्ममा गोविन्दा र रानीको जोडीलाई दर्शकले खुबै मन पराए।
अब निर्माताले यो फिल्मको रिमेक भर्सन दर्शकमाझ ल्याउने तयारी गरेका छन्। निर्देशक मनोज अग्रवालका अनुसार फिल्मको रिमेक बनाउने तयारी सुरु भइसकेको छ। उनले स्क्रिप्ट पनि लेखिसकेका छन् । यद्यपि उनलाई भने रिमेकको खबर सार्वजनिक हुनासाथ आफू ट्रोलमा परिने हो कि भन्ने डर छ।
उनले फिल्मको रिमेकमा अघिल्ला फिल्मका हरेक दृश्य नसमेटिने बताए। फिल्मका कलाकारको भूमिका अलग भए पनि फिल्मको सार भने पहिलाकै जस्तो हुने खुलाए। उनले फिल्ममा गोविन्दा र रानीको जोडी पुनः हुनेमा केही संकेत गरे। ‘उनीहरुसँग नियमित सम्पर्कमा छु । तर फिल्मको बारे कुराकानी भइरहेको छैन’, उनले भने।
No ads found for this position

डिसी नेपाल
Facebook Comment