माछापुच्छ्रे बैंकको ४५ हजार २१३ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं। माछापुच्छ्रे बैंकको ४५ हजार २१३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी जिसस थापाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएका हुन् ।
यस सेयरमा बैंकका हाल विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन्। यसको भाउ भने तोकिएको छैन।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र माछापुच्छ्रेको प्रधान कार्यालय पुतलिसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ। यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment