नागाको ट्याटुले चर्चामा सामन्था
मुम्बई। अभिनेत्री सामन्था रुथ प्रभु प्रायः चर्चामा आइरहन्छिन्। फिल्मका बाहेक उनी निजी जिन्दगीका कारण पनि समाचारमा छाइरहन्छिन्।
हालैमात्र उनी सिरिज ‘सिटाडेल’को विश्वप्रिमियरमा सहभागी भएकी थिइन्। यो सहभागिता पनि उनका लागि नयाँ चर्चाको विषय बन्यो। किनकी सामन्थाले सार्वजनिक गरेका तस्वीरमा उनको शरीरको ट्याटु प्रष्ट देखिन्छ। यो ट्याटु उनले अभिनेता नागा चैतन्यसँगको वैवाहिक जीवनमा रहँदा पतिकै लागि बनाएकी थिइन्।
नागा र सामन्था अहिले अलग्गिइसकेका छन्। तर सामन्थाको शरीरमा भने अझै पनि नागाकै नामको ट्याटु छ। ‘सिटाडेल’को प्रिमियरमा सहभागी सामन्थाको सार्वजनिक केही तस्वीरमा उनको ट्याटु देखिएको छ। जहाँ ‘चे’ लेखिएको छ। यो नाम नागाको निक नेम हो।
नागासँग सम्बन्धमा रहँदा सामन्थाले तीन ट्याटु बनाएकी थिइन्। नागा र सामन्थाले सन् २०१७ मा विवाह गरेका थिए। उनीहरु सन् २०२१ मा अलग्गिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment