कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा १ करोड ७३ लाख

डिसी नेपाल
१० वैशाख २०८० १२:३९

काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  सार्वजनिक गरेको विवरण अनुसार बैंकले १ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  गत वर्षको यहि अवधिमा बैंकले १ करोड ९२ लाख रुपैयाँ घाटा ब्योहोरेको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसंगै खुद नाफा बढेको देखिन्छ। बैंकको खुद ब्याज आम्दानी १८.५० प्रतिशतले बढेर १० करोड १९ लाख रुपैयाँ कायम भएको छ। समिक्षा अवधिमा सञ्चालन नाफा पनि १ करोड ७३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष बैंक १ करोड ७३ लाख रुपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो।

बैंकको इम्पेयरमेन्ट चार्ज पनि गत वर्षको तुलनामा घटेको छ। बैंकले इम्पेयरमेन्ट चार्ज बापत १ करोड ४७ लाख रुपैयाँ छुट्याएको छ। सो रकम गत वर्ष ३ करोड ४९ लाख रुपैयाँ रहेको थियो। यसको वितरणयोग्य नाफा २ करोड २३ लाख रुपैयाँ रहेको छ।

हाल कर्णालीको चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ छ। जगेडा कोषमा ६ करोड ८७ लाख रुपैयाँ जम्मा रहेको छ। चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २० पैसा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *