रणवीरसँग डराए ‘द इमोर्टल अश्वथामा’का निर्माता
मुम्बई। गत साता अभिनेता विकी कौशल फिल्म ‘द इमोर्टल अश्वथामा’मा अभिनय नगर्ने खबर बाहिरियो। विकीको प्रमुख भूमिका रहेको फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का निर्देशक आदित्य धरको महत्वकांक्षी फिल्म ‘द इमोर्टल अश्वथामा’मा विकीको स्थानमा रणवीर सिंहलाई अभिनय गराउने निर्माताको तयारी थियो।
तर रणवीर अभिनित पछिल्ला फिल्महरु एक पछि अर्को गर्दै बक्सअफिसमा फ्लप साबित भएपछि निर्माताहरु झस्किएका छन्। महंगो बजेटमा निर्माण हुन लागेको फिल्म ‘द इमोर्टल अश्वथामा’ मा रणवीरलाई अभिनय गराउन सके उनको स्टारडमले दर्शकलाई बक्सअफिसमा तान्न सफल हुनेमा निर्माता ढुक्क थिए।
यही बीचमा रणवीर अभिनित फिल्म ‘८३’, ‘जयेशभाइ जोरदार’ र ‘सर्कस’ जस्ता फिल्म प्रदर्शनमा आए। ती सबै फिल्म फ्लप सावित भए। निर्माण कम्पनी जियोज स्टुडियोले रणवीरलाई फिल्ममा अभिनय गराउने कुराकानी गरिरहँदा रणवीर अभिनित फिल्म फ्लप भएपछि उनलाई फिल्ममा लिनु अर्को आर्थिक जोखिम देखे।
यहीकारण अहिले निर्माताहरु रणवीरको सट्टा दक्षिण भारतीय स्टारलाई अभिनय डराउने मुडमा छन्। उनीहरूले जुनीयर एनटीआर र अल्लू अर्जुन जस्ता स्टारलाई अभिनय गराउन चासो देखाएका छन्। ‘अहिलेको अवस्थामा साउथ स्टारलाई फिल्ममा लिनु फाइदा हुन्छ। किनकी उनीहरुलाई फिल्ममा लिँदा धेरै भाषामा फिल्म डब गराउनुपर्छ। जसको फाइदा निर्मातालाई हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment