१८.८० अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
१० वैशाख २०८० १५:१०

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अङ्कले घटेर ३५९.१३ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा मोलुंग हाइड्रोपावरको अग्रिम स्थानमा छ। यसको आज ३ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र एनआइसी एशिया बैंकको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसुचकमध्ये होटल उपसुचकबाहेक सबै उपसुचक घटेर राताम्मे भएको छ। आजको सनराइज ब्लु चिप फण्ड र आदर्श लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज फोकस इक्युती फण्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ का लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *