सिभिल लघुवित्तको ९ प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गर्दै
काठमाडौँ। सिभिल लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ। हाल संस्थामा ६० प्रतिशत संस्थापक र ४० प्रतिशत मात्रै साधारण सेयर रहेको छ।
अब संस्थाले संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्नको लागि हो। यसका लागि संस्थाले ६० प्रतिशत रहेको संस्थापक सेयरमा ५१ प्रतिशत बनाउनको लागि ९ प्रतिशत सेयर सर्बसाधारणमा परिणत गर्ने प्रक्रिया अघि अगाडि बढाएको छ।
यसका लागि आफ्नो सेयर सर्वसाधारण समूहमा परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुलाई संस्थाले ३५ दिनभित्र जानकारी संस्थाको काठमाडौँको चाबहिलस्थित केन्द्रीय कार्यालयमा स्वःघोषणा वा निवेदन दिन सूचित गरेको छ।
तोकिएको म्यादभित्र निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर सर्वसाधारण समूहमा परिणत गर्न मन्जुर रहेको मानिने संस्थाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment