सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

डिसी नेपाल
११ वैशाख २०८० १०:५१

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ।

आइतबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *