लुम्बिनी विकास बैंकले पायो ऋणपत्र जारी गर्ने अनुमति

डिसी नेपाल
११ वैशाख २०८० १२:०८

काठमाडौँ। लुम्बिनी विकास बैंकले ऋणपत्र जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १० लाख कित्ता ऋणपत्र जारी गर्न बैंकलाई अनुमति प्रदान गरेको हो। बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्न पाउने भएका छन्।

बैंकले १० वर्षे अवधिको ‘एलबीबीएल डिबेन्चर–२०८९’ नामक ऋणपत्र जारी गर्ने भएको छ। यसमा वार्षिक ११ प्रतिशत ब्याज पाउनेछन्। यस ऋणपत्रमा बैंकले ६ लाख कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी ४ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यस ऋणपत्रमा बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट बैंकिङले गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *