थापाको चुनाव खर्च साढे १५ लाख

डिसी नेपाल
११ वैशाख २०८० १२:२३
284
Shares

मकवानपुर। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत प्रतिनिधिसभाको निर्वाचनमा रु. १५,३७,३४०/- पन्ध्र लाख सैतिस हजार तीन सय चालिस खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन्।

थापाका निर्बाचन प्रतिनिधि राजाराम बर्तौलाले बुझाएको विवरण अनुसार सवारीसाधनमा दुइ लाख, सम्पर्क कार्यालय सञ्चालनमा तीन लाख, गोष्ठी, अन्तरक्रिया शिर्षकमा दुइ लाख, प्रतिनिधि परिचालनमा चार लाख, प्रचारप्रसार सामग्रीमा १ लाख ७७ हजार ९ सय र प्रचारप्रसारको लागि छापा एवं विद्युतिय माध्यममा २ लाख ५९ हजार ४४० खर्च भएको उल्लेख छ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मकवानपुर १ बाट सूर्य चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *