मोदी इनर्जीले आईपीओ आह्वानपत्र सच्यायो

डिसी नेपाल
११ वैशाख २०८० १३:००
220
Shares

काठमाडौँ। मोदी इनर्जीले आईपीओ बिक्रीका लागि जारी गरेको आह्वानपत्र सच्याएको छ। आइतबार प्रकाशित गरिएको आह्वानपत्रमा यसअघि प्रकाशित आह्वानपत्रमा भने सर्वसाधारणका लागि ५९ लाख ९४ हजार ४२० कित्ता सेयर निष्काशन गरिने थियो जसलाई सच्याएर सर्वसाधारणमा ५५ लाख ५९ हजार ४२० कित्ता रहेको कम्पनीले जनाएको हो।

कम्पनीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको छ। प्रतिकित्ता १ सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यसमा वैशाख २४ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। सो समयसम्ममा सबै सेयर बिक्री नभएमा भने जेठ २ गतेसम्म खुला रहनेछ।

कम्पनीले कुल ७२ लाख ५० हजार कित्ता मध्येबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई यसअघि नै आईपीओ बाँडफाँट गरिसकेको छ।

त्यस्तै, सामूहिक लगानी कोषमा ३ लाख २२ हजार २८० कित्ता सेयर र कर्मचारीका लागि १ लाख २८ हजार ९१० कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकी ५५ लाख ५९ हजार ४२० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ।

यस आईपीओलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘आइआरएन डबल बी प्लास रेटिङ’ प्रदान गरेको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ। सर्वसाधारणले सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *