बारा-२ को मतगणना सुरु

डिसी नेपाल
११ वैशाख २०८० १३:१२
540
Shares

बारा। सर्वदलीय बैठक पछि बारा-२ को मतगणना सुरु भएको छ। हिजो सम्पन्न उपनिर्वाचनको आजबाट कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना सुरु भएको हो।

करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए।

उनका अनुसार कडा सुरक्षाका साथ मतगणना स्थलको व्यवस्थापन मिलाएको छ भने मतगणना स्थलमा तारजाली तथा सीसी क्यामेरासमेत जडान गरिएको छ।

सो क्षेत्रवाट ३४ उम्मेदवार चुनावी मैदानमा रहेपनि जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल बिच त्रिपक्षिय प्रतिस्पर्धा हुने मानिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *