प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसको शाखा नेपालमा
काठमाडौं। प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिर्सेसले नेपालमा नयाँ शाखा सञ्चालनमा आउने भएको छ। नेपालमा उद्घाटन हुने उक्त शाखाको नाम भने नेपाल प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस रहने बताइएकाे छ। काठमाडौंको सेन्ट्रल बिजनेश पार्क, थापाथलीको दोस्रो तल्लामा मुख्यालय रहने उक्त शाखाको उद्घाटन भने यही बैशाख १३ गते बुधबार हुनेछ।
आफ्ना सेवाग्राहीहरुलाई गुणस्तरीय र विश्वसनीय सेवा प्रदान गर्दै आएको प्रोफेश्नल भिसा एण्ड सर्भिसेस सन् २०१५ मा स्थापना भएको हो। यसले आफ्नो स्थापनाकालदेखि नै आफ्नो सेवाका कारण प्रतिष्ठा कमाएको छ। सर्भिसेसले निरन्तर शिक्षा र आप्रवासन (माईग्रेसन) सम्बन्धी सबै प्रकारका सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आफ्नो गुणस्तरीय सेवाका कारण विभिन्न अवार्डसमेत हात पारिसकेको छ। कम्पनीले सन् २०२२/२३ मा शीर्ष-३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाइनलिष्ट, लोकल विजसेन अवार्ड-२०२२ को विजेता र लोकल विजनेस अवार्ड-२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरेको छ।
प्रोफेश्नल भिसा एण्ड सर्भिसेसका सिईओ निशान्त शर्माले नेपालमा सेवा विस्तार गर्न पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले भने,‘हामी नेपालमा पनि आफ्नो सेवा विस्तार गर्न र नेपाली विद्यार्थीहरुलाई भरपर्दो, उच्च गुणस्तरको शिक्षा र आप्रवासनसम्बन्धी सेवा प्रदान गर्न पाउँदा खुशी र हर्षित छौं।’ उनले आफूहरु सधैं राम्रो नतिजा प्रदान गर्न अब्ब भएको कुरा प्रमाणित भएको पनि स्मरण गराएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment