ट्रोलरसँग किन डराउँछन् सुनील शेट्टी ?

डिसी नेपाल
११ वैशाख २०८० १५:१८
620
Shares

मुम्बई। अभिनेता सुनील शेट्टी बलिउडका प्रतिभावान अभिनेतामा पर्छन्। उनले कैयौं राम्रा फिल्ममा अभिनय गरेका छन्। बलिउडका यी एक्सन हिरो सामाजिक सञ्जालको ट्रोल्सबाट निकै डराउँछन्।

उनले एक शोमा आफू किन डराउँछन् भन्ने कुराको पनि खुलासा गरेका छन्। ‘द रणवीर शो’मा रणवीर अल्लाहबादियासँगको अन्तरवार्तामा सुनीलले आजको समयमा सामाजिक सञ्जालको विषयमा खुलेर कुराकानी गरेका थिए।

‘आजको समयमा सामाजिक सञ्जालमा कुनै गोपनीयता छैन। यसले तपाईको जीवनको अन्त्य गरिदिन्छ। एक वाक्यलाई १५ फरक–फरक तरिकाले सम्पादन गरिन्छ। १५ किसिमले प्रस्तुत गरिन्छ। जसकारण हाम्रो जीवन नष्ट गरिदिन्छ । त्यहीकारण यी कुरामा म बोल्न डराउँछु’, सुनीलले भनेका छन्।

उनले आफूहरुलाई बौद्धिक बन्न बाध्य बनाएको उनको कथन छ। ‘किनकी तपाईले मलाई त्यो कुराका लागि फरक किसिमले प्रस्तुत गरिरहनु भएको छ, जुन कुरा म गर्न चाहदिनँ। म ट्वीटर र फेसबुकमा पनि यी कुरा बुझ्दिनँ। मलाई मेरो परिवारलाई गाली गर्नु, मेरी छोरीलाई अपशब्द बोल्नु, मेरो आमालाई बोलाउनु। के कारणले हो यस्तो ? यी सबै कुराले मलाई दुःखी बनाउछ। किनकी म पुरानो शिक्षाबाट आएको हुँ’, उनले भनेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *