सामान्य अंकले बढ्यो सेयर बजार
काठमाडौं। साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक २.७१ अंकले बढेर १८८८.३२ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२३ अङ्कले बढेर ३५९.३७ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७० कम्पनीको २२ लाख ६० हजार ८२३ कित्ता सेयर खरिद बिक्री हुँदा ७५ करोड १३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा कलिञ्चोक दर्शनको अग्रिम स्थानमा छ। यसको आज ८ करोड ८१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र नबिल बैंकको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्ये चार उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा पिपुल्स पावर र एनआईबिएल प्रगति फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, कलिञ्चोक दर्शन र सनराइज फोकस इक्युती फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।







डिसी नेपाल







Facebook Comment