मंगलबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ वैशाख २०८० ९:१५

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको थियो।

यस्तै, युरोपियन युरोको भाउ खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ।

अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०३  पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७१ पैसा र विक्रीमा ९ रुपैयाँ ७५ पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ।

यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४७ पैसा र बिक्रीदर २९ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *