सेयर बजार १७.३६ अंकले बढ्यो, कारोबार रकम ८८ करोड ५५ लाखमा सिमित

डिसी नेपाल
१२ वैशाख २०८० १५:१८
88
Shares

काठमाडौं। साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२७ अङ्कले बढेर ३६३.६५ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर खरिद बिक्री हुँदा ८८ करोड ५५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै कलिञ्चोक दर्शन र नबिल बैंकको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचक बाहेक सबै उपसुचक बढेको छ। आजको कारोबारमा तारागाउँ होटल र खप्तर्ड लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सनराइज ब्लु चिप फण्ड र सनराइज फोकस इक्युती फण्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *