ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरू पक्राउ
मोरङ। मोरङको मिक्लाजुङ गाउँपालिकाबाट ज्यान मार्ने उद्योग कसुरमा संलग्न १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
बैशाख ६ गते मिक्लाजुङ गाउँपालिका वडा न. ३ स्थित रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन गर्ने १४ बर्षकी बालिकालाई स्कुलमा भएकै समयमा सोही ठाँउ बस्ने र सोही विद्यालयमा अध्ययन गर्ने १३ जना बालिकाहरुले संगठित रूपमा कुटपिट गरी भिडियो समेत बनाई समाजिक संजालमा सम्प्रेषण गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले घटनामा संलग्न १३ जना बालिकाहरुलाई सोमबार नियन्त्रणमा लिएको हो। मंगलबार जिल्ला अदालत मोरङबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ।
पीडित बालिकाको हाल विर्तामोङस्थित बि एण्ड सि अस्पतालमा उपचार भईरहेको छ।
No ads found for this position

डिसी नेपाल
यस्ता नालिका किराहरुलाइ हदै सम्मको कार्बाही होस