यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ७७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३७ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरोको भाउ खरिददर १४४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा र बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा निर्धारण गरेको छ।
अष्ट्रेलियन डलर एकको खरिद ८७ रुपैयाँ ०५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४५ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ १७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ७५ पैसा र विक्रीमा ९ रुपैयाँ ८० पैसा र चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ।
यता, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ०२ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४१ पैसा र बिक्रीदर २९ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।







डिसी नेपाल







Facebook Comment