पश्चिम नवलपरासीमा भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद
नवलपरासी। भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन्।
पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख २९०३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिईएको छ। नियन्त्रण लिईएको ट्रकबाट बरामद भएको चिनीको मूल्य करिब १६ लाख रुपैयाँ देखिएको छ।
उक्त ट्रकमा रहेका ४२० बोरामा २१ टन अर्थात २१ हजार केजी चिनी रहेको र सो बरामद चिनी थप कारबाहीका लागि पश्चिम नवलपरासी प्रहरीले आन्तरिक राजस्व कार्यालय, बुटवलमा पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment