आईएमईले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

डिसी नेपाल
१३ वैशाख २०८० ११:३६

काठमाडौँ। आईएमई लिमिटेडले १० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १० करोड रुपैयाँबराबरको आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आईपीओ जारी गर्नको लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको छ।

काठमाडौँको पानीपोखरीस्थित आईएमईको मुख्यालयमा आज आयोजित कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

आईएमई ग्रुपले केही समययता आफ्नो लगानीमा भएका कम्पनीहरुलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आईपीओ जारी गर्दै आएको छ। आईएमईको जारी पुँजी १ अर्ब रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *