एक किलो गाँजा राखेको आरोपमा तंगाराजु सुपैयालाई फाँसी दिइयो, अन्तर्राष्ट्रिय स्तरमा विरोध

डिसी नेपाल
१३ वैशाख २०८० ११:४१
2.4k
Shares

काठमाडौं । सिङ्गापुरमा एक किलो गाँजा तस्करी गरेको आरोपमा तङ्गाराजु सुपैयालाई फाँसी दिइएको छ । तङ्गाराजु सुपैयालाई फाँसी दिने फैसलापछि राष्ट्रसंघ, सामाजिक कार्यकर्ता र परिवारले यसको विरोध गर्दै आएका थिए । यसका बाबजुद ४५ वर्षीय तङ्गाराजु सुपैयालाई बुधबार जेलमा झुण्ड्याइएको थियो ।

कमजोर प्रमाणका आधारमा तङ्गाराजु सुपैयालाई दोषी ठहर गर्दै उनलाई सीमित कानुनी सहायता उपलब्ध गराइएको सामाजिक अभियन्ताले बताए । सिङ्गापुर प्रशासनले कानुनको पालना गरेको बताएको छ । प्रशासनले अदालतको निर्णयमाथि प्रश्न उठाउने कार्यकर्ताहरूको आलोचना गरेको छ।

सिङ्गापुरमा विश्वकै सबैभन्दा कडा लागुऔषध विरोधी कानुन छ । सिंगापुरका अधिकारीहरूले समाजको सुरक्षाका लागि यो आवश्यक भएको बताएका छन्। तर सामाजिक कार्यकर्ताहरूले यस प्रकारको मृत्युदण्डको विरोध गर्दै आएका छन्।

सिंगापुरबाट मलेसियामा एक किलो गाँजा ओसारपसार गरेको आरोपमा ४५ वर्षीय तङ्गाराजु सुपैया दोषी ठहर भएका थिए ।

उनी गाँजासहित पक्राउ परेको नभए पनि यो तस्करीको मुख्य योजनाकार उनी नै रहेको अभियोगले जनाएको छ । सरकारी वकिलले ट्रेस गरिएका दुईवटा मोबाइल नम्बर पनि तङ्गाराजुकै भएको बताए ।

तर तङ्गाराजुले यस विषयमा आफूले अन्य व्यक्तिसँग कुरा नगरेको दाबी गरे । उनको एउटा फोन हरायो र अर्को फोन पनि आफ्नो भएको आरोप उनले अस्वीकार गरे ।

गत वर्ष पनि २२ अप्रिल २०२२ मा अर्का लागू औषध तस्कर नागेन्द्रन धर्मलिंगमलाई फाँसी दिइएको थियो। तीन चम्चा हेरोइनसहित पक्राउ परेका नागेन्द्रन २०१० देखि मृत्युदण्डको पर्खाइमा थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *