मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड, भाग्यमानी ४ जनाले पाए ११ कित्ता

डिसी नेपाल
१३ वैशाख २०८० १२:२४

काठमाडौँ। मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले बिहान १०ः३० बजे आईपीओ बाँडफाँड भएको हो।

कम्पनीको उक्त आइपिओमा १२ लाख ४४ हजार ३८५ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ताको लागि आवेदन गीका छन्। यस आइपिओमा माग भन्दा बढी आवेदन परेको हुनाले गोलाप्रथामार्फत बाँडफाँट भएको हो। जसमा ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तिनैमध्ये भाग्यमानी ४ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यो आईपीओमा करिब १० लाख ८५ हजार २४८ आवेदकको हात खाली भएको छ।

कम्पनीले गत वैशाख ४ गतेदेखि वैशाख ७ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित मूल्यमा १० लाख ८५ हजार १६७ कित्ता आईपीओ बिक्री गरेको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको थियो।

बाँकी ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको यिथो। बाँकी ९ लाख ३४ हजार ९१४ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

यो आईपीओको अन्तिम नतिजा केही घन्टापछि आउनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइट, आईपीओ बिक्री गर्ने कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *